-
प्राविधिक शाखा
- विभिन्न जातका कन्दमुल तरकारी, उष्ण तथा उपोष्ण प्रदेशीय फलफूल र तरकारी बालीको स्रोत केन्द्रको रुपमा कार्य गर्ने।
- कन्दमुल तरकारीहरू (सखरखण्ड, पिडालु, ओल, सिमलतरूस, तरूल लगायत), तरकारी (काउली समूह, गोलभेडा, भिण्डी लगायत) का मूल एवं उन्नत बीउ तथा गुणस्तरीय बेर्ना उत्पादन तथा बिक्री वितरण गर्ने।
- विभिन्न उपोष्ण जातका फलफूल (भुइकटहर, लिची, मेकाडेमियानट लगायत) का गुणस्तरीय बिरुवा उत्पादन तथा बिकी बितरण गर्ने।
- विभिन्न जातका भूगोल सुहाँउदो उन्नत जात तथा स्थानीय बागवानी वालीहरुको जर्मप्लाज्म संकलन, सम्बर्द्धन तथा प्रवर्द्धन गर्ने ।
- केन्द्रको प्रभाव क्षेत्रमा रहेका निजी नर्सरीहरूमा गुणस्तरीय विरुवा उत्पादन गर्नको लागि प्राविधिक सहयोग, सुपरिवेक्षण तथा अनुगमन गर्ने।
- केन्द्र परिसर तथा कमाण्ड क्षेत्रमा वगैचा व्यवस्थापन तथा प्रविधि प्रदर्शन मार्फत गुणस्तरीय फलफूल, तरकारी तथा मसलाबाली उत्पादन प्रविधि विकास तथा प्रसार गर्ने।
- फार्म केन्द्रमा रहेका भौतिक संरचनाको संरक्षण तथा आधुनिक प्रविधिको अनुसरण गर्दै विकास गर्ने।
- केन्द्रको प्रभाव क्षेत्रमा कृषि ज्ञान केन्द्र तथा स्थानीय तहसँग समन्वय गरी बागवानी विकास सम्बन्धी कृषि प्रसार गतिविधि सञ्चालन गर्ने तथा कमाण्ड क्षेत्रका कृषि ज्ञान केन्द्रहरु तथा स्थानीय तहहरुलाई सम्बन्धित विषयमा प्राविधिक परामर्श उपलब्ध गराउने।
- फलफूल, तरकारी तथा मसलाबाली खेती सम्बन्धी सैदान्तिक तथा व्यबहारीक तालिम प्रदान गर्ने।
- कृषि स्नातक तथा जे.टी/जे.टी.ए. कोर्ष अध्ययनरत विद्यार्थीहरुका लागि इन्टर्नसिप तथा कार्यगत तालिम कार्यक्रम संचालन गर्ने।
- केन्द्रसँग सम्बन्धित बाली वस्तुमा कृषि उद्यम तथा व्यवसाय सन्चालन गर्न चाहनेहरुको लागि व्यवसाय विकास सेवा उपलब्ध गराउने ।
- संघीय तथा प्रदेश मन्त्रालय अन्तर्गत संचालन हुने फलफूल, तरकारी तथा मसलाबालीको उत्पादन, बीउ र विरुवा सम्बन्धि कार्यमा सहयोग गर्ने ।
- प्रदेशस्तरमा बागवानी विकास सम्बन्धि नीति तथा कार्यनीति तयार गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विकास निर्देशनालयलाई सुझाव र सल्लाह दिने
- सरोकारवालाहरुसँग आवश्यक समन्वय गरि केन्द्रसँग सम्बन्धित वाली वस्तुमा विकसित नविनतम प्रविधिको फिल्ड परीक्षण गर्ने।
- केन्द्र परिसर वा कमाण्ड क्षेत्र भित्र सम्बन्धित बालीको उत्पादन तथा उत्पदनोपरान्त प्रविधि सम्बन्धि अध्ययन, परीक्षणका कियाकलापहरू संचालन गरी प्रचार प्रसार गर्ने।
प्रशासन शाखा
- कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने।
- कार्यालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्वन्धी कार्य गर्ने।
- कार्यालयको जिन्सी सामग्री ब्यबस्थापन गर्ने।
- जनशक्ति ब्यवस्थापन सम्बन्धी कार्य गर्ने।
- तालुक निकायहरुबाट प्राप्त निर्देशन परिपत्र एवम राय सुझाव कार्यान्वयन गर्ने/गर्न सहयोग गर्ने।
